logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मध्यकमाण्ड इन्चार्ज सुदर्शनलाई सर्बोच्चमा पेश २७ गते बहस हुँदै


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

बिद्रोही नेकपाका नेता तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शन लाई आज सर्बोच्च अदालत मा उपस्थित गराइएको छ।बुबा सुदर्शन र दाई लोकेन्द्र खड्कालाई गैर न्यायीक तरिकाले प्रहरीले थुनामा राखिएको भन्दै छोरी विपना ओलीले यहि चैत १४ गते बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन ।

रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित १० दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । कमान्ड इन्चार्ज सुदर्शन र लोकेन्द्रलाई सर्वोच्चमा चैत २४ गते देखि निरन्तर रूपमा ल्याए पनि उनको पक्षविपक्षबाट बहस भने भएको छैन ।

यसअघि नेता सुदर्शनसहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको थियो । त्यसपछि उक्त जिल्ला अदालतले १५ दिनको म्याद थप गरेको थियो ।

सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्तासहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका थिए । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको थियो ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपामा केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् । सुदर्शनलाई अदालतमा उपस्थित गराएपछि आइतबार बिहानैबाट अदालत परिसरमा सञ्चारकर्मीहरु जम्मा भएका थिए । तर प्रहरीले सुदर्शनलाई पत्रकारहरुसँग कुरा गर्नसमेत दिएको थिएन । प्रहरीले उनीहरुलाई यही चैत ९ गते शनिबार बिहान काभ्रेबाट काठमाडौँ आउदै गर्दा गिरफ्तार गरेको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार