logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

घुस्याहा कर्मचारी सम्मान गर्दै सरकार


  • पत्रपत्रिका
  • बुधबार, चैत्र २७ २०७५

असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार घुससहित पक्राय परेका थिए ।

उनी गृह मन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दासमेत दायर गरिसकेको छ । लेनदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौँ अधिकृतमध्ये उत्कृष्ट भन्दै गृह मन्त्रालयले उनलाई छनोट गरेको थियो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार