logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तीन महिना भित्र एनसेलबाट कर उठाउन सर्बोच्च काे आदेश


  • पत्रपत्रिका
  • बुधबार, चैत्र २७ २०७५

नेपाल सरकारलाई तिर्नुपर्ने करिव ७२ अर्व कर नतिरेपछि बिबादित बनेकाे निजि कम्पनी एनसेललाइ सर्वोच्च अदालतले एनसेल बिक्रीको पूँजीगत लाभकर आजियटा र एनसेल कम्पनीबाटै तीन महिनाभित्र असुल गराउनुपर्ने फैसला सुनाएको छ । बहुचर्चित एनसेल पूँजीगत लाभकर दायित्व विवादको पूर्ण फैसला सार्वजनिक गर्दै मंगलबार सर्वोच्च अदालतले आजियटा र एनसेल कम्पनीबाट असूल गर्न आदेश जारी गरेको हो ।

‘उल्लेखित कर टेलिया सोनेरा स्वीडेनलाई नलागी एनसेललाई लाग्ने हुँदा उक्त आदेशमा उल्लेखित आधार र कारणहरुसमेत हेरी र एनसेलले मिति २०७३ वैशाख २५ र २०७४ जेठ २१ मा पुँजीगत लाभकरबापत अग्रिम रुपमा कुल २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ ठूला करदाता कार्यालयमा बुझाइसकेको देखिँदा बुझाइसकेको रकम समेतलाई दृष्टिगत गरी कर निर्धारण र कर असुलउपर गर्ने सम्बन्धमा,’ आदेशमा भनिएको छ, ‘तीन महिनाभित्र कानुनबमोजिम आवश्यक निर्णय गर्नु गराउनु ।’

करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिनु/नदिलाउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने ठहर गरेको छ ।

एनसेलको कर विवादको विषयमा छुट्टाछुटै चार मुद्दाहरु दायर भएका थिए । एनसेलको १२ औं पटकको बिक्रेता टेलियासोनेराले लाभकर नतिरि नेपालबाट भागिसकेको छ । सरकारी अधिकारीहरुसँगको मिलेमतोमा भगाइसकिएको टेलियासोनेरालाई नै लाभकरको दायित्व पन्छाइँदै आएको थियो । बिक्रीबापतको लाभकर उसैले बुझाउने र त्यसको दायित्व आफूमा नभएको जिकिर एनसेल खरिदकर्ता आजियटा र एनसेलको थियो । तर सर्वोच्चले अजियटा र एनसेलकै दायित्व भएको फैसला सुनाएको हो ।

बिबादित एनसेल ले कर नतिरेपछि बिद्रोही नेकपाले एनसेल बिरुद्ध भाैतिक हमलाहरु गरेकाे थियाे भने चर्चित युवा अभियान्ता नर बहादुर कार्की काे नेतृत्वमा एनसेल बहिस्कार अभियान चलिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार