logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

उपत्यकामा बर्डफ्लु २ हजार २ सय कुखुरा नष्ट, उच्च सतर्कता अपनाउन बिज्ञकाे सुझाव


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

भक्तपुरको सूर्यविनायक नगरपालिका–१ तर्खगालमा बर्डफ्लु भेटिएको छ । मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।

मंगलबार भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पुश बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलीले कुखुरा नष्ट गरेको थियो ।

केही दिन अगाडीमात्र दधिकोट तर्खगालको सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको थियो ।

उक्त फार्ममा एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २  हजार  ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय  ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार