logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

न्यायलयमा राजनैतिक भागभण्डा : विवादित १७ जना न्यायाधीशले खाए सपथ


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका १७ जनालाई सपथ खुवाएका छन्। न्यायालयमा राजनीतिक भागबन्डाका आधारमा नियुक्त भएको भन्दै पुन एकपटक चर्को विरोध भएको थियो।

त्यसमा पनि सिफारिस भएकामध्ये धेरैको पृष्ठभुमीलाई लिएर प्रश्नसमेत उठ्दै आएको थियो। केही साताअघि न्याय परिषद्ले उच्च अदालतका लागि ती न्यायाधीश सिफारिस गरेको थियो।

संसदीय सुनुवाई नहुने भएका कारण सिफारिस भएलगत्तै उनिहरु न्यायाधीश बन्ने पक्काजस्तै बनेको थियो। सर्वोच्च अदालतका लागि सिफारिस भएका पाँच न्यायाधीशको भने संसदीय सुनुवाई हुन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार