logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बेलायती नागरिक फिलिप जन्म एक ठाउँमा मरण अर्को ठाउँ : हिन्दु धर्म अनुसार दाहसंस्कार (भिडियाे हेर्नुहाेस्)


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

वीर अस्पतालमा बेवारिसे अवस्थामा भेटिएको बेलायती नागरिक फिलिप माल्कोमको मृत्यु भएको छ ।वीर अस्पतालबाट कृस्टिना श्रेष्ठ र उनका साथीहरुको सहयोगमा उनलाई त्यहाँबाट उद्दार गरी नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुकमा कुनै एक मिडियाले उपचार नपाएर अस्पतालमा बेवारिसे भएका फिलिपकाे उनको अवस्थाबारेमा पोष्ट भएपछी उनी रातारात भाइलर भएका थिए । उनको उपचारको लागि धेरै नेपालीले सहयोग गरेका थिए ।

बिगत केही दिन अगाडी अस्पतालको शैयामा मृत्युुसँग लडिरहेका फिलिप अन्त्यमा मृत्यु सँग हारमानी यो संसारबाट बिदा लिए । हिजो पशुपती आर्यघाटमा हिन्दू धर्म अनुसार उनको दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कार क्रिष्टिना श्रेष्ठ, बिनय जंग बस्नेतका साथै अन्य व्यक्तिहरुको उपस्थितिमा गरिएको थियो । फिलिपलाई बिनयले दाग बत्ती दिएका थिए ।

भिडियाे हेर्नुहाेस्

https://youtu.be/JbaW_Oe1Q88

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार