logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

‘विप्लव’ ताप्लेजुङ हुदै आज सिन्धुली आएको सेनाको रिपोर्ट ! किन पक्राउ पर्दैनन् ‘विप्लव’ ?


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

सिन्धुली – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ताप्लेजुङ हुँदै सिन्धुली आइपुगेका सुरक्षा अधिकारीले बताइएको छ । सैनिक स्रोतका अनुसार सोमबार ताप्लेजुङ रहेका विप्लव बुधबार सिन्धुली आइपुगेका हुन् ।

गत फागुन २८ गते सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सरकारले खोजीरहेको बेला उनी भने खुलेआम हिँडिरहेका छन् ।

जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन दिएपनि किन विप्लवलाई पक्राउ गरिएको छैन ? विप्लवका सयौं नेता÷कार्यकर्ता पक्राउ परिरहँदा विप्लव चाहिँ पक्राउ नपर्नु सबैको चासोको विषय बनेको छ ।

कतै सरकारले विप्लवसँग छुट्टै गोप्य वार्ता त गरिरहेको छैन् ? यदि त्यसो होइन भने किन चाहिँ विप्लव खुलेआम हिँडिरहँदा पनि पक्राउ परेका छैनन् ।

विप्लवले नयाँ वर्ष २०७६ साद वैशाख ५ गते नेपाल बन्दको आह्वान समेत गरेका छन् । बन्दसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व विरोधका कार्यक्रमहरु पनि सार्वजनिक गरेका छन् ।

विप्लव नेकपाका नेता सुदर्शन सर्वोच्चमा, यस्तो छ रिहाईको अवस्था

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वलीलाई सर्वोच्चमा ल्याइएको छ। वलीलाई न्यायाधीशद्वय अनिल सिन्हा र टंक मोक्तानको इजलासमा सुनुवाइ भइरहेको छ। गत बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ सहित उपस्थित गराउन आदेश दिएको थियो हेमन्तकी छोरी विपना वलीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको थियो। केही समय पहिले काभ्रेबाट पक्राउ परेका उनी विप्लवपछिका तेस्रा नेता हुन्। उनले नक्खु बम विस्फोटको जिमेमवारी लिएका थिए। प्रतिबन्ध लागेपछि पक्राउ परेका उनी नै विप्लवका ठूला नेता हुन्।

हेमन्त प्रकाश ओली : जनयुद्धमा प्रचण्डको दार्शनिक रक्षक देखि जेल ब्रेकर सम्म (यस्तो छ यात्रा)

विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य तथा मध्यकमाण्ड इन्चार्ज तेश्राे पटक गिरफ्तार भएका छन्।
रुकुमको त्रिवेणी गाउँपालिका घर भएका ओली नेकपाभित्रका प्रमुख वैचारिक नेताको रुपमा चिनिन्छन्। ओली जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्यका रुपमा रहेर काम गरेका थिए। राजनीतिक र आर्थिक मामिलामा स्वच्छ छविका इमान्दार नेता मानिन्छन्।
प्रचण्डपथ बिचार शष्लेषण पछि जनयुद्ध कालमा प्रचण्डपथको वैचारिक प्रतिरक्षा गर्ने दार्शनिक तथा बैचारिक नेता हुन हेमन्तप्रकाश ओली।

माओवादी केन्द्रबाट अलग भएपछि उनले छुट्टै नेकपा न्यूक्लियस गठन गरेका थिए। त्यसपछि मात्रै उनी विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका हुन्। हाल उनी विद्रोही नेकपामा विप्लव, प्रकाण्डपछि तेस्रो बरियतामा छन्। उनी साहित्यिक र दार्शनिक क्षेत्रमा एचपी हिमालीको नामबाट समेत स्थापित छन्।

शान्ति प्रक्रियापछि कुनै पनि राजनीतिक लाभको पदमा नपुगेका ओली माओवादी आन्दोलनकै माथिल्लो तहका नेतामध्ये इमान्दार र अध्ययनशील नेताको रुपमा चिनिन्छन । उनी लामो जेल जीवन बिताउने नेतामध्ये एक हुन्। यसअघि जनयुद्धको क्रममा उनी २०५५ साल माघ २८ गते बाजुरामा पक्राउ परेर २०५८ असार २१ गते प्रहरी लाई कन्भेन्स गर्दै प्रहरीसग नै मिलेर जेल ब्रेक गर्न सफल भएका थिए । रिहा लगत्तै असार २८ बाजुरा स्थित पाण्डुसैन चाैकि हमलामा सहभागी भएका थिए।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा चासो राख्न थालेका सुदर्शन २०३७ सालमा अनेरास्ववियूको सदस्य, २०३९ सालमा रुकुम जिल्ला सदस्य, २०४० मा तत्कालीन प्रतिबन्धित नेकपा मशालको सदस्य, २०४४–०४८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य, विद्यार्थी नेता र पार्टी एरिया सदस्यको हैसियतामा जनआन्दोलनमा सहभागी हुँदै २०४८ सालमा नेकपा एकताकेन्द्रको जिल्ला सदस्य, २०५१ सालमा रुकुम जिल्ला सेक्रेटरी भएका थिए।
२०५२ साल फागुन १ गते जनयुद्धको शुरुवात गर्दा उनी रुकुमको राडी प्रहरी चौकी आक्रमणको कमिसार थिए। २०५४ सालमा भारतको हरियानामा भएको बैठकबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा चयन भएका ओली एक वर्षपछि बझाङ र बाजुराम कार्यक्षेत्र भएको बेला जेल परेका ओली रिहा भएपछि पुनः २०५५ को गोवा बैठकबाट केन्द्रीय समितिमा सामेल भएर जनयुद्धकालमा शैन्य कमिसार र राज्यको इञ्चार्जको रुपमा सक्रिय भए।

अध्ययन र लेखनमा विशेष रुचि राख्ने ओली संगठनमा कम र विचारधारात्मक काममा बढी दख्खल मानिन्छन्।
हाल नेकपाकाे मध्य कमाण्डको ईञ्चार्जको जिम्मेवारी दिएको थियो। शालिन र शान्त स्वाभावका ओली संगठनात्मक कुशलतामा सामान्य कमि पा उनी स्वयमकाे रुचिमा कम पर्थ्याे मध्य कमाण्डको ईञ्चार्ज भएकै कारण उनले फागुन १० गते ललितपुरमा भएको बमकाण्डको राजनीतिक जिम्मेवारी लिएका थिए। एनसेल टावरमाथि गरिएको बम हमलामा १ जनाको मृत्यु भएपछि उनी प्रहरीको विशेष निगरानीमा थिए।
ओली विप्लवका हाइकमाण्डका नेता हुन्। पार्टीभित्र वैचारिक प्रशिक्षकसमेत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार