राजनीति
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमनत प्रकाश वली सुदर्शनको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । आज भएको बहसमा न्यायाधीश अनिल कुमार सिन्हा र टंक मोक्तानको इजलासले उक्त्त रिट मुद्दा खारेज गर्ने फैसला गरेको हो ।
गत १३ गते सुदर्शनकी छोरी विपनाले आफ्नो बाबुलाइ बिनाकारण हिरासतमा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गराएकी थिइन । तर आज सर्वोच्च अदालतले उक्त मुद्दा खारेज गरिदिए पछि उनि तत्काल रिहाइ हुने संभावना भने न्युन बनेको छ ।
उता नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लवले देशै भरी बाट आफ्ना नेता कार्यकर्ताको बिनाकारण धरपकड भएको भन्दै बैशाख ५ गते नेपाल बन्दको घोषणा गरिसकेका छन ।
यस अगाडि चैत्र १६ गते नेपाल बन्दको घोषणा गरेका विप्लवले एसईई परिक्षा,वारको निर्वाचनको अपिल र मानवाधिकार आयोगको अनुरोधमा बन्द फिर्ता गरेको थियो । जसलाइ चौतर्फी स्वागत गरेका थिए । यद्यपि विप्लवले २५ गते जारी गरेको बिज्ञप्तीमा बन्द भन्दा पछाडी पनि प्रधानमन्त्री ओली सहभागी हुने हरेक कार्यक्रमलाइ प्रतिबन्ध लगाउने भन्दै जहा ओली पुग्छन त्यही बन्द गर्ने संकेत गरेको छ ।
सरकारले चैत्र मसान्तसम्म सम्ममा आफ्ना गतिविधि सच्याउन समयसिमा दिएको नेकपाले सरकारलाइ पनि काउन्टर गर्दै चैत्र महिना भित्र प्रतिवन्ध फिर्ता लिन चेतावनीसमेत दिएको थियो । वार्ता र छलफलको समाचार संचार माध्यममा आए राजनीतिक दृश्यमा केहि सकारात्मक संदेशको पर्खाइ थियो । तर विप्लवको चैत्र २५ गतेको बिज्ञप्ती पछि राजनीति कता मोडिन्छ भन्नेमा पुन एउटा संसय जस्तो पैदा भएको छ । तर आम जनताले भबे विप्लव नेकपा सग राजनीतिक हल खोजेर सरकार अगाडी बढोस भन्ने उत्कट अभिलाषा रहेको देखिन्छ ।
यस्तो छ विज्ञप्ति
नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा “एउटा मजाक”को प्रतिनिधि केपी ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रम माथि गत फाल्गुण २८ गते राती अंकुश लगाउने निर्णय ग¥यो । त्यस पछि लगतै ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्याद भित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिने छ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासि दुर्गा वहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडि बाट गोलीहानी घाइते बनाईयो । काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरप्तार ग¥यो । बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य क. सुदर्शन सहित ९ जनालाई गिरप्तार ग¥यो । फाल्गुण २८ गते पछि देशै भरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरप्तारी गरि गरिसकेको छ । घर मा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम छ । गाउँमा सुरक्षा निकायको अप्रेशनको आतंक छ । ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।
नेतृत्वको गद्धारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिले देशमा जुन राजनैतिक परिस्थिति सृजना भएको छ र उपलब्धीहरु हासिल भएका छन त्यो १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएका छन । यो नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य हो । ०६२÷०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थाले पछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवाद विरुद्ध जीवनमरणको संघर्षबाट जन्मेको हाम्रो पार्टी नेपाल कम्युष्टि पार्टी हो । यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका वाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ । उपरोक्त उद्देश्यको निम्ति आफ्नो स्थापनाकाल देखि हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा छ । यो आफ्नो द्येयमा तिव्रगतिमा अगाडि बढिराखेको छ ।
२०२८ सालको झापा विद्रोहका जनताका हतियार कोशी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसंग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२÷०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ । त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, वलात्कारलाई लोकतान्त्रीक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ । यस बाट पुराका पुरा सर्तक रहन देशभक्त एवं परिवर्तनकामी राजनैतिक शक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।
नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी हो । इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ । नेपाल राष्ट्र र नेपाली जनताको यो हवीगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनता सहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ । त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने छ । हाम्रो पार्टी माथी प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।
अतः जन क्रान्ति र नेपाली जनतामाथीको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सकृय सहभागीताको विशेष अनुरोध गर्दछौं ।
कार्यक्रम
१) चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर
२) वैशाख २ गते — कोण सभा
३) वैशाख ३ गते — अन्तरक्रिया
४) वैशाख ४ गते — मशाल जुलुस
५) वैशाख ५ गते — नेपाल बन्द
६) वैशाख ६ गते बाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने ।
धन्यवाद ।
२५ चैत्र ०७५
विप्लव
(महासचिव)
नेपाल कम्युनिस्ट पार्टी