राजनीति
काठमाडौं- जेट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट जोगिएको हो ।
पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा थाहा पाएका थिए । त्यसलगत्तै पाइलटले विमानलाई टर्न गरेर फर्काइएको थियो ।
उड्नका लागि केही मिनेटमात्र बाँकी रहेकै बेला पाइलटले विमानमा तेल सकिएको सुइँको पाएका थिए । तेल सकिएको थाहा पाएलगत्तै विमान पार्किङ वेमा फर्काइएको जनाइएको छ ।
विमान पार्किङ वेमा फर्काएको करिब २ घण्टापछि तेल भेरर विमान नयाँ दिल्लीका लागि उडेको जनाइएको छ ।