अन्तत विज्ञान( भौतिकशास्त्र) को निकै चासोको विषयमा रहने गरेको अन्तरिक्षको रहस्य Black Hole को पहिलो पटक तस्विर सार्वजनिक गरिएको छ। Event Horizon Telescope Collaboration का वैज्ञानिकहरु यतिखेर विश्व विज्ञानलाइ नयाँ गति दिन गै रहेका छन। करिव २६,००० प्रकाश वर्ष पर रहेको Sagittarius A र M87 आकाशगङ्गामा रहेको Black Hole मध्य एकको तस्विर आज सार्वजनिक गरिएको छ।
अन्तरिक्षयात्रीहरुले पहिलोपटक ‘ब्ल्याक होल’ को वास्तविक तस्बिर सार्वजनिक गरिएको छ । यो तस्बिर विश्वकै पहिलो किनकी यससघि ब्ल्याक होलको स्वरुप वैज्ञानिकहरुको कल्पनाको आधारमा मात्र रहेको थियो ।
तर वैज्ञानिकहरुले रेडियो टेलिस्कोप निर्माणपछि भने सो तस्बिर लिन सम्भव भएको दाबी गरेका हुन् । यसलाई ‘इभेन्ट होरिजन’ टेलिस्कोप नाम दिइएको छ । यसरी यो तस्बिरले विज्ञानको क्षेत्रमा अत्यन्तै ठूलो उपलब्धि दिलाउनुका साथै अन्तरिक्ष गतिविधिबारे पुनः विचार र अध्ययनका लागि समेत राम्रो अवसर प्रदान गर्ने बताइएको छ ।
ब्ल्याक होल त्यो क्षेत्र हो जसको शक्तिशाली गुरुत्वाकर्षणबाट प्रकाश समेत बच्न सक्दैन अर्थात ब्ल्याक होलमा उज्यालो समेत हराउने गर्दछ भने नजिकका जुनसुकै वस्तुलाई पनि यसले आफूतर्फ तान्ने गरेको विश्वास गरिन्छ । वैज्ञानिकहरुको भाषामा यो पूर्ण रुपमा कालो हुन्छ र परिक्रमा पथबाट मात्र यसको पहिचान गर्न सकिन्छ ।
हालसम्म गरिएका अनुसन्धानहरुमा ठुल्ठुला ताराहरुको जीवनचक्र सकिएपछि नै उनीहरु ब्ल्याक होलमा परिणत हुने दाबी गरिएको छ । वास्तवमा तस्बिरले आइन्सटाइनको ‘थेउरी अफ रिलेटिभीटी’ सिद्धान्त माथि प्रश्न उठाउन सक्ने भएकाले पनि विश्वभरका वैज्ञानिकहरु यसका लागि अत्यन्तै उत्साहित रहेको संचार एजेन्सी रोयटर्सले जनाएको छ ।