logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्री द्धारा सचिवको कार्यकक्षमा तालबन्दी


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

प्रदेश ३ का प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले सचिब लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

सचिबले सबै फाँटका काम पेन्डीङ राखेर फाईलको चाङ लगाएको आरोप लगाउँदै मन्त्रीले सचिव पौड्यालको कार्यकक्षमा तालाबन्दी गरेको बताएका छन् ।

पौषको तेस्रो साता सरुवा भएर मन्त्रालय हाजिर भएका सचिवले महाशाखा, र मन्त्रालयका महत्वपूर्ण निर्णय गर्नुपर्ने कामप्रति बेवास्ता गरेको मन्त्री दुलालको आरोप छ ।

सचिबले मातहतका कर्मचारीलाई हप्कीदप्की गरी अमर्यादित ब्यबहार गरेपछि बाध्य भएर सचिबको कार्यकक्षमा तालाबन्दी गरेकोमन्त्री दुलालले दाबी गरे । मन्त्री दुलाल र सचिब पौड्याल दुबै बुधबार काठमाडौँ गएका छन् ।

मन्त्रालयका अन्य कर्मचारीहरुले भने यस विषयमा बोल्न चाहेनन् । सचिब पौड्यालँंग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार