logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

खानेपानी बोर्डका निर्देशक”युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गर्दा प्रकाउ”


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

पोखरा- जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल पक्राउ परेका छन्।

राति एक युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर उनले मंगलबार यौन दुर्व्यवहार गरेको भनी युवतीले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ उनी पक्राउ परेका हुन्।

दाहालले यौन दुव्र्यवहार गरेपछि क्वार्टरबाट भाग्न खोज्दा खुट्टासमेत मर्किएको युवतीले बताएकी छन्। दाहालले श्रीमती नभएको मौकामा युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएका थिए। युवती गैंडाकोटको एक उद्योगमा काम गर्ने जनाइएको छ।

दाहालले युवतीलाई करिब डेढ लाख रकम दिएको स्रोतले जनाएको छ। दाहालले भने लेनदेनको विषय भएको दावी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार