logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको जनसरकार प्रमुखसहित २ नेता कैलालीबाट पक्राउ


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

कैलाली- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधवार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका दुवै नेतालाई प्रहरीले अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखेको छ ।

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले कैलालीमा यसका कार्यकर्ताको खोजी तीव्र पारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार