राजनीति
विराटनगर- विराटनगरमा पूर्वाराजा ज्ञानेन्द्र शाह चढ्ने गरेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
पूर्वराज शाहलाई बुधबार राति करिब ८ बजे विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले ठक्कर दिएको थियो। को १५ प ९९७९ नम्बरको मोटरसाइकलमा सवार सुनदरहरैचा ४ का २२ वर्षीय हेम चौधरीको उपचारको क्रममा मृत्यु भएको ट्राफिक जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिव पोखरेलले जानकारी दिए।
चौधरीको आज बिहान विराटनगरको नोबल अस्पतालमा मृत्यु भएको हो। अन्य एक जना घाइते भएका छन्।
गाडी चालक जितेन्द्र लम्साललाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको निरीक्षक पोखरेलले जानकारी दिए। लम्साल सशस्त्र प्रहरीको जवान भएको खुलेको छ। गाडी धनी भने नखुलेको निरिक्षक पोखरेलले जानकारी दिए। ‘हामीले बाग्मती यातायात व्यवस्था कार्यालयलाई पत्र लेखिसकेका छौं। गाडी कसको भन्ने खुल्ला,’ निरीक्षक पोखरेलले भने।