logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवमाथीकाे प्रतिबन्ध हटाउन अष्ट्रेलिया कम्युनिस्ट पार्टीको अपिल


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

बिद्रोही नेपाल कम्युनिस्ट पार्टी माथिकाे प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टी ले ओली नेतृत्वको सरकारलाई पत्राचार गरेकाे छ। अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको  हाे।

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जि. ले २७ मार्च २०१९ मा प्रधानमन्त्री के.पी. ओलीको नाममा लेखेको पत्रमा भनिएको छ,’हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिबन्धलाई हटाइयोस् ।’

‘हामी नेपाल कम्युनिस्ट पार्टीलाई कानूनी मान्यता दिइयोस् र उक्त पार्टीका थुना र जेलमा परेका सबै नेता/कार्यर्ताहरूलाई रिहा गरियोस्’ । वक्तव्यमा अगाडि भनिएको छ ‘नेपालमा सञ्चालित जनयुद्धले देशी विदेशी प्रतिक्रियावादी, नकारात्मक विदेशी हस्तक्षेप, भ्रष्टाचारबाट मुक्त गर्ने लक्ष्य लिएको थियो’।

|साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र क्षेत्रीय विस्तारवादका विरुद्ध लडेको पार्टीका विरुद्ध कम्युनिस्ट पार्टीले कसरी दमन चलाएको छ?’ पत्रमा अगाडि भनिएको छ ‘हामी नेपाल सरकारलाई नेपाल कम्युनिस्ट पार्टीसँग अर्थपूर्ण वार्ता गरेर नेपालको सार्वभौमिकता, स्वतन्त्रता र नेपाली जनताको जनवादी अधिकारलाई अझ सुदृढ गर्ने सामाजिक अभिलाषा पूरा होस् भन्ने अपेक्षा राख्दछौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार