राजनीति
चुनावी माहोल र वाम ध्रुवीकरणको खबरले मुलुक तातिरहेको बेला संसदिय ब्यवस्था नमान्ने फरक धारको पार्टी नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादी पार्टीका नेता पोखरामा भेला हुनुलाइ बिषेश अर्थमा बुझ्न थालिएको छ।
पार्टीको केन्द्रिय समितिको बैठक आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी पोखरा बजार देखी डेढ घन्टा दुरीको ग्रामीण बस्तीमा बैठक बसेको खबर छ भने नेकपा क्रान्तिकारी माओवादी बुद्ध पोखरा महानगरको बुद्ध चोकमा रहेको कान्तिपुर पार्टी प्यालेसमा राष्ट्रिय सम्मेलन गरिरहेको छ।
एमाले-माकेको नेतृत्वमा अगाडि बढेको वाम ध्रुविकरणबारे दुबै पार्टीले अाधिकारिक धारणा तय गर्ने छन् । त्यस्तै दुबै पार्टीले भन्दै अाएको क्रान्तिकारी ध्रुविकरणबारे पनि नयाँ निर्णय हुन सक्ने बताइएको छ । विप्लव र वैद्य दुबैले एमाले-माकेको चुनावी तालमेल तथा एकतालाई अवसरवादीहरुले सत्ताको गरेको एकता र माकेको एमालेमा विलय भन्दै अाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले विकसित राजनीतिक घटनाक्रम र अागामी रणनीति बारे नया निर्णय गर्न सक्ने देखिएको छ भने क्रान्तिकारी माओवादीले पार्टीको कार्यदिशा नै तय गर्नेछ । क्रान्तिकारी माओवादीमा दुईओटा दस्तावेज सम्मेलनमा पेश हुने भएका छन् ।