logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओली सरकार कम्युनिस्ट हाेइन प्रतिक्रियावादी हाे : किराँती


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

पुर्व मन्त्री  तथा भखरै गठित  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले केपी ओली सरकार कम्युनिस्ट सरकार नभई प्रतिक्रियावादी सरकार भएको बताएका छन् ।

ओली सरकार प्रतिक्रियावादी भएकै कारणले उसले विप्लव नेकपालाई प्रतिवन्ध लगाएर दमन गरेको भन्दैं यो सरकार चाँडै ढल्ने ठाेकुवा गरे उनले ओली सरकारलाई कम्युनिस्ट सरकार भन्नू लज्जाकाे कुुुुरा हुने बताए  ।

क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलनलाई काठमाडौंमा संवोधन गर्दै किरातीले अहिलेको ओली सरकार चाँडै ढलाउनुपर्ने बताए ।

ओली सरकार ढलेर बन्ने नयाँ सरकारले मात्र विप्लव नेकपासँग वार्ताको वातावरण बन्न सक्ने भन्दैं ओली सरकारको विकल्प खोज्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार