logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मलद्वार भित्र यसरी छिराएर ल्याए साढे तीन किलो सुन हेर्नुस


  • राजनीति
  • शुक्रबार, चैत्र २९ २०७५

पोखरा- बिहीबार राति मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाइ त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलमा भन्सार र प्रहरीले चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई चेकजाँच गर्दा उक्त परिमाणको सुन सहित पक्राउ गरेको हो ।

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि केएमसी अस्पतालमा अस्पतालको लगेर एक्सरेमा गर्दा पेट मुनि मलद्वारमा सुन रहेको पत्ता लागेको थियो ।

उनीहरुको राहदानीमा उल्लेखित विवरण अनुसार पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेका छन् । उनीहरु किन नेपाल आए भन्ने खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार