logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाकिस्तानको क्वेटामा बम बिस्फोट १६ जनाको मृत्यु


  • एजेन्सी
  • शुक्रबार, चैत्र २९ २०७५

पाकिस्तान- पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।
स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो ।समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् ।

पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार