logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कास्की माछापुच्छ्रे गाउँपालिकाको लापरबाही, जिल्लाकै नाम गलत !कास्की हुनु पर्ने ठाउँमा पर्वत हेर्नुस


  • राजनीति
  • शुक्रबार, चैत्र २९ २०७५

पोखरा- स्थानीय तहमा खटिएका कर्मचारी कानुन र प्रक्रियाप्रति कति गैरजिम्मेवार हुन्छन् भन्ने उदाहरण कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देखिएको छ ।

प्राप्त माछापुच्छ्रे गाउँपालिकाको मिति २०७५ चैत १० गतेको एउटा सूचनामा जिल्लाको नाम र प्रयोग गरिएको कानुनको नामसमेत गलत देखिएको छ । सूचनामा गाउँपालिकाका कार्यकारी अधिकृत र योजना तथा प्राविधिक शाखाका तर्फबाट दर्जा नखुलाई र नाम नबुझिने गरी हस्ताक्षर गरिएको छ ।
घर निर्माण गर्दा नक्सा पास गर्ने प्रयोजनका लागि सँधियारहरूका लागि प्रकाशित सूचनामा पेटबोलीमा भने ‘‘पर्वत जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २’’ लेखिएको छ । यसैगरी खारेज भइसकेको ‘स्थानीय स्वायत्त शासन ऐन, २०५५’ को ‘‘प्रयोजनका लागि’’ भन्ने पनि सूचनामा उल्लेख गरिएको छ ।बाह्रखरीबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार