राजनीति
सत्ता बाहिर रहेका दलका भातृ संगठनहरु एघार विद्यार्थी संगठनको आयोजनामा आज आ आफ्ना दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा सहभागी भए । सत्ता बाहिरका ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेर नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य देखी नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा सम्मलाई एकै ठाउमा जुटाएका हुन ।
११ बिद्यार्थी संगठन द्धारा आयोजित कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्रमा अध्यक्ष गोपाल किराँती, पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा र नेकपाका नेता ऋषि कट्टेल लगायतको उपस्थिति रहेको थियो । सभागृहमा सहभागी ११ दलका नेताहरुले आ आफ्नो धारणा राखेका थिए । उक्त्त भनाइ मध्य केहिलाइ यहा समेटेका छौ ।
जुन गोरुको सिंङ छैन उसको नाम तिखे : बैद्य
नेपाली कम्युनिस्टहरुका एक आदर्श नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाए । महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे ।
उनले भने, ‘वर्तमान सरकार कम्युनिष्टको सरकार होइन् । साथै केपी ओली कम्युनिष्ट हुनै सक्दैन । उहाँको उखान र टुक्काका हिसावले भन्ने हो भने जुन गोरुको सिंङ छैन । उसको नाम तिखे । भने जस्तै हो । सरकार चलाई रहेकाहरु कम्युनिष्ट पनि होइन । लोकतान्त्रिक पनि होइन । उनीहरु दलाल र फासिवादी हुन ।’ उनले सिके राउत र सरकारबीच भएको सम्झौतामाथि पनि प्रश्न उठाए । ‘सिके राउतसँग गोप्यरुपमा सम्झौता गर्नुभयो । आफ्नै पार्टीलाई पनि थाहा दिइएन । त्यो रहस्यमय छ ।’
यस्तै महासचिव बैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दवाव दिए । महासचिव बैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
सरकारविरुद्ध आन्दोलन गर्न तयार हुनुस् : देउवा
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।
संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले सरकारको अधिनायकवादी चरित्रविरुद्ध सत्ता बाहिरका राजनीतिक दलले मर्चाबन्दी गरेर जानु पर्ने बताए । देउवाले भने, ‘ओलीले एकातिर वार्ता गर्नुको साटो धरपकड गर्दैछ, देश टुक्राउनेसँग वार्ता गरेर जनमत संग्रह भन्छ । कहाँ छ यिनको राष्ट्रवाद ? कहाँ छ देशभक्ति ?’
सरकारले फासिवादी चरित्र प्रस्तुत गर्यो : ऋषि कटेल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष विप्लवमाथि प्रतिबन्ध लगाए सरकारले फासिवादी चरित्र प्रस्तुत गरेका आरोप लगाए । उनले यथाशिघ्र विप्लवमाथिको प्रतिबन्ध हटाउन माग सरकारसँग माग गरे ।
उनले भने, ‘विद्यार्थी संगठनहरु सरकारको फाँसिवादका विरुद्धमा लाग्नुहोस् । हिजो पनि मुलुकको विभिन्न आन्दोलनमा तपाईहरुको महत्वपूर्ण योगदान गरेका छ । अहिले देश ओली तन्त्रको नियन्त्रणमा छ । सरकार माफिया, दलालहरुसँग लिनादेना लिप्त छ । तपाईहरु जाग्ने बेला आएको छ ।’
यो सरकार उभयलिङ्गी जस्तो छ : सिपी मैनाली
नेकपा मालेका महासचिव सिपी मैनालीले सरकारका जनविरोधी कदमविरुद्ध लड्न सत्ताबाहिरका सबै राजनीतिक दललेसाझा धारण बनाउँनु पर्ने बताए । उनले सरकार सञ्चालन गरिरहेको पार्टीका नेताहरुमा विचार र सिद्धान्त नरहेको आरोप लगाए ।
उनले भने, ‘यो सरकार उभयलिङ्गी जस्तो छ । यो सरकारको नाममा नभुलौँ । यो छिर्केमिर्के राष्ट्रिवादी पार्टी हो । यो न कम्युनिष्ट हो न लोकतान्त्रिक हो ।’ उनले सरकार सत्ता जोगाउन नागरिकता वितरणको खेलमा लागेको समेत बताए ।
सरकारकाविरुद्ध आन्दोलनको विकल्प छैन: गोपाल किराँती
नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाली किराँतीले वर्तमान सरकारकाविरुद्ध आन्दोलनको विकल्प नरहेको बताए । उनले भने, ‘सत्ता बाहिर रहेका सबै राजनीति दलहरु मिलेर खड्गप्रसाद ओली सरकारविरुद्ध लाग्नुपर्ने बेला लाएको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर दिउवा र महोन वैद्य किरण ज्युले यसको अगुवाई गर्न पर्छ । यो सरकार २ महिनामै ढल्छ ।’
नेता किराँतीले सबै विद्यार्थी संगठनलाई विप्लवको आगामी बैशाख ५ गते घोषणा गरेको नेपाल बन्दमा साथ र समर्थन दिन आग्रह गरे ।
मधेसमा सिके राउतलाई सरकारले दूत बनाएर पठायोः राजेन्द्र महतो
राजपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको उखान टुक्काले समृद्धि नआउने बताए । महतोले दुई तिहाइको सरकारले जनताका काम गर्न नसकेको भन्दै सरकारले ‘ठिकठाक’ भन्दैमा दिन विताएको आरोप लगाए ।
उनले विद्यार्थीहरुलाई आन्दोलन गर्दा गडबड हुनसक्छ भन्दै रेशम चौधरीले पहिचानका लागि आन्दोलन गर्दा सरकारले जेलमा कोचेकाले होस गरेर मात्रै आन्दोलन गर्न सुझाव दिए । वर्तमान सरकारले कसैलाई प्रतिवन्ध लगाउने र कसैलाई समातेर थुन्ने गरिरहेको भन्दै देश विखण्डनको माग गर्ने सिके राउतसँग दोस्ती गरेर मधेसमा पठाउनुमा पनि गडबड रहेको बताए ।
‘सिके राउतलाई सरकारले मधेसमा दूत बनाएर पठाएको छ । अब हजारांै सिके राउत जन्मन्छन्’ महतोको भनाइ थियो । उनले जनताको समस्या समाधान गर्न आन्दोलनको विकल्प नभएको भन्दै आफुहरुले शुक्रबारबाट आन्दोलनको ‘टेलर’ सुरु गरेको बताए ।