logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवको बन्दलाइ माओवादी केन्द्रकाे समर्थन


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

सत्ता बाहिर रहेका दलका भातृ संगठनहरु एघार विद्यार्थी संगठनको आयोजनामा आज आ आफ्ना दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रममा  भए । सत्ता बाहिरका ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेर नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य देखी नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा सम्मलाई एकै ठाउमा जुटाएका हुन ।

११ बिद्यार्थी संगठन द्धारा आयोजित कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्रमा अध्यक्ष गोपाल किराँती, पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा र नेकपाका नेता ऋषि कट्टेल लगायतको उपस्थिति रहेको थियो । सभागृहमा सहभागी ११ दलका नेताहरुले आ आफ्नो धारणा राखेका थिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाली किराँतीले वर्तमान सरकारकाविरुद्ध आन्दोलनको विकल्प नरहेको बताए । उनले भने, ‘सत्ता बाहिर रहेका सबै राजनीति दलहरु मिलेर खड्गप्रसाद ओली सरकारविरुद्ध लाग्नुपर्ने बेला लाएको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर दिउवा र महोन वैद्य किरण ज्युले यसको अगुवाई गर्न पर्छ । यो सरकार २ महिनामै ढल्छ ।’

नेता किराँतीले सबै विद्यार्थी संगठनलाई विप्लवको आगामी बैशाख ५ गते घोषणा गरेको नेपाल बन्दमा साथ र समर्थन दिन आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार