logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मध्यरात चन्द्रागिरी पुगेका ओली प्रचण्ड बिच यस्ताे भयाे सहमति


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

आकस्मिक चन्द्रागिरी पुगेका सत्तारूढ दल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् ।
जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन् ।

बिहीबार मध्य रात  चन्द्रागिरि पुगेका ओली-दाहाल शुक्रबार दिउँसाे काठमाडाैं झरेका थिए । गुट उपगुटले एकता नै धमिलाे बनेकाे नेकपाकाे एकता प्रकृया बारे नेताहरु थप  सहमति के र कस्तो भन्ने राम्रोसँग खुलाइएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार