logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सफल ब्यक्तीहरु बिहानकाे नास्ता के खान्छन् त ? हेर्नुस्


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

धेरै व्यस्त व्यक्तिहरुका लागि बिहानको खाजाले ठूलो महत्व राख्छ । केही व्यक्तिहरु यति व्यस्त हुन्छन् कि उनीहरुलाई खाना खाने समय निकाल्न पनि धौधौ पर्छ
खानाबाट शक्ति र उर्जा मिल्छ। शरिरमा सञ्चित शक्तिले मानिसलाई काम गर्न मद्दत पुर्याउँछ। स्वस्थ मानिसका लागि बिहानको खाजाले ठूलो महत्व राख्ने गरेको छ।जीवनमा सफल व्यक्तिहरुले बिहान सन्तुलित खाना लिने गरेका छन्।
चर्चा गरौँ अमेरिकाका सफल व्यक्तिहरुकाे बिहानकाे ब्रेकफास्टबाट।

वारेन बफेट

विश्वको तेस्रो धनी व्यक्ति वारेन बफेटको दैनिकी एमसीडोनाल्डसबाट सुरु हुन्छ। ५४ वर्षीय यी धनाढ्यले बिहानको खाजामा ३ दशमलव १७ डलरभन्दा बढी कहिल्यै खर्च गरेका छैनन्। उनी एउटा ब्याकोन, अण्डा र चिजबिस्कुट, सेन्डविच लिन्छन्। यसका अलवा दुई दशमलव ९५ डलरमा एउटा ससेज, अण्डा र चिज स्याण्डविच लिने गरेका छन्।

मिचेल ओबमा

अमेरिकाको पूर्व फस्र्टलेडी मिचेल ओबमा बिहानको समयमा अण्डा, टर्कीको ससेज र ग्रेप फ्रुट लिन्छिन्।

ओपराह विनफ्रे

टिभी प्रस्तोता एवं अभिनेत्री ओपराह विनफ्रे एक ट्वेस्ट, ब्रेड लिन्छिन्। कफीको विकल्पमा उनी चिया रुचाउँछिन्।

नास्सी पेलोस

अमेरिकाको डेमोक्रराटिक लिडर नेन्सी पेलोसीको दैनिकी चकलेटबाट सुरु हुन्छ। अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको पूर्व सभामुख समेत रहेकी पेलोसी ब्रेकफास्टको रुपमा डार्क चकलेट आइसक्रिम लिने गरेको एक अन्तवार्तामा बताएकी छन्। एक कप कफी खानु र डार्क चकलेट खानुमा कुनै भिन्नता नहुने उनको भनाइ छ।

बियोन्सी

अमेरिकन गायिका, नायिका तथा व्यपारीको परिचय बनाएकी बियोन्सीले ब्रेकफास्टमा स्क्राम्बल्ड वाइट एग, भिजिटेबल स्मोथी वा लो फ्याट दूधमा मिसाइएका सिरियल गेन्स लिने गरेको उल्लेख गरेकी छन्।

मार्क क्यूब

अमेरिकी व्यपारी एवं लगानीकर्ता मार्क क्यूबन कुकिज मन लिन्छन्। दुईवटा कुकिज लिएपछि उनी कफी लिन्छन्।

अरेइना

हफिङटन द हफिङटन पोष्टकी निर्देशक अरेइना हफिङटनको ब्रेकफास्ट सामान्य तर विशेष हुन्छ। आफू ब्रेकफास्टमा ताजा फल, अण्डा र दुई कप कफी लिने गरेको उनले सीएनएनलाई बताएकी छन्।

इमा वाट्सटन

अभिनेत्री एवं यूएनको ग्लोबल गुडविल एम्बासेडर इमा वाट्सटन ब्रेकफास्टका लागि समय छुट्याएकी छन्। उनी रोटी, अण्डाका परिकार, रोटी र सल्सा लिन्छिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार