logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका बझाङ सेक्रेटरी भरत मल्ल प्रहरीद्वारा गिरफ्तार


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

जिल्ला प्रहरी कार्यालय बझाङले शुक्रबार विप्लव नेतृत्वको नेकपाका बझाङ जिल्लाका सचिव भरत मल्ललाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ३ बजे बिथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकीबाट प्रहरीले मल्ललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताएका छन  । मल्ललाई सदरमुकाम चैनपुरतर्फ ल्याउने काम भैरहेको छ ।

प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा बिथ्थडचिर गाँउपालिका नजिकै रहेको स्याँडी प्रहरी चौकी नजिकैबाट मल्ललाई प्रहरीले प्रक्राउ गरेको हो  । कैलालीबाट घर आउँदै गरेकाे भन्ने सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरेको डीएसपी केसीको भनाइ छ ।

मल्लले चन्दा संकलन, ज्यान मार्ने धम्की, संघ संस्था नष्ट दिने सम्मका धम्की दिएको आरोपमा मल्ललाई प्रक्राउ गरेको डीएसपी केसीले जानकारी दिएका छन्। प्रतिबन्ध लगायसंगै विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता लाई प्रहरीले धमाधम पक्राउ गरिरहेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार