logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२०७५ सालका पाँच मृत्यु, जसले मुलुकको माहोल बदलिँदियो


  • यु बिश्व
  • शनिबार, चैत्र ३० २०७५

२०७५ सालका चार मृत्युले आज अन्तिम दिन रहेको वर्ष २०७५ नेपाली राजनितिमा एउटा अन्यौलताको वर्ष जस्तो बन्यो । आजदेखि विदा हुन लागेको विक्रम सम्वत् २०७५ सालमा  नेपाली समाजमा थुप्रै घटनाहरु घटे तर यस्ता पाँच घटना भए, जसले केहि केहि तरङ्ग र तर्कको सिर्जना गराएरै छोडे ।

मृत्यु १

हेलिकप्टर दुर्घटना

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ७ जनाकोको निधन भएको थियो । पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । जुन मुलुकको लागी दुखद रह्यो ।

उक्त दुर्घटनाको बारेमा विभिन्न कोण बाट बहस छलफल त तर्कहरु जन्मे । यसले सरकारी र भिआइपीले ख्याल गर्न पर्ने कुरा र सचेतताको बारेमा ब्यापक बहस नै खडा गरेको छ।

मृत्यु २

ट्याक्सी घटना

यहि चैत १३ गते चावहिलमा बा. १ ज ३८५१ नम्बरको ट्याक्सी रोकियो। चालक कमलबहादुर श्रेष्ठ गाडीबाट ओर्लिए। पछाडि सिटको ढोका खोले। त्यहाँबाट एक यात्रीलाई घिसार्दै बाहिर निकाले। र, उनलाई त्यहीँ छाडेर भागे।

ती यात्री थिए, ६० वर्षीय गोपाल कारञ्जित। उनी अस्पतालबाट घर फर्किदै थिए। ट्याक्सीभित्रै उनलाई हृदयघात भयो। उनी फत्र्याक–फत्र्याक गर्न थाले। चालक श्रेष्ठले उनलाई नजिकै रहेको अस्पताल लैजानुको सट्टा सडकमा त्यसै फ्याँके। प्रहरी र अन्य बटुवाले उनलाई अस्पताल त लगे। तर, ढिलो भइसकेको थियो। कारञ्जित बाँचेनन्।

ट्याक्सीचालक कमलबहादुर श्रेष्ठले चैत १३ गते गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जितलाई ट्याक्सीमै हृदयाघात भएपछि सडक किनारमै झारेर भागेका थिए

ट्याक्सीचालक कमलबहादुर श्रेष्ठले चैत १३ गते गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जितलाई ट्याक्सीमै हृदयाघात भएपछि सडक किनारमै झारेर भागेका थिए

त्यो घटना ट्राफिक प्रहरीको सीसीटीभीमा कैद भयो। सीसीटीभी फुटेजको आधारमा ट्याक्सी नम्बर पहिचान गरियो। चालक श्रेष्ठ समातिए। उनी अहिले प्रहरी हिरासतमै छन्।

मृत्यु ३

श्रीमती पिट्ने कायर

पुर्वी नेपाल वीरगञ्जका चर्चित मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सच्चितानन्द यादव अहिले प्रहरी हिरासतमा छन्। उनलाई आफ्नै श्रीमती सुनिता यादवको हत्या गरेको आरोप छ। सुनिताको माइती पक्षका अनुसार, डा. यादवले उनलाई शरीरभरि तातो आइरनले डामेका थिए। सुनिताको चैत १५ गते उपचार हुँदाहुँदै मृत्यु भयो।

चिकित्सक श्रीमानको कुटाईबाट निधन भएकी सुनीता यादव

सुनिताका माइती पक्षका अनुसार, डा. यादवले यसअघि पनि उनलाई पर्याप्त दाइजो नल्याएको भन्दै कुटपिट गरेका थिए। सुनिताले प्रहरीमा श्रीमानविरुद्ध उजुरी पनि दिएकी थिइन्। तर, डा. यादवले आइन्दा श्रीमतीमाथि हातपात नगर्ने भन्दै मिलापत्र गरे। अलि पछि उनले आफ्नी श्रीमतीले बच्चा पाउन नसकेको भन्दै दोस्रो बिहे गरे। त्यसपछि सुनिताले झन् धेरै यातना पाउन थाले। अन्ततः उनको मृत्यु नै भयो।

मृत्यु ४

एनसेल काण्डमा निधन

शान्ति–प्रक्रिया सुरु भएपछि नेपालीहरू विगतको घाउ बिर्सन प्रयत्नमा छन्। बिगतमा भएका ठुला ठुला घटना बाट तर्सेका नेपाली जनता नख्खुको घटना बाट केहि झस्केका छन ।


एनसेल बम विष्फोटमा मृत्यु भएका सिंह बहादुर गुरुङ

बिगतमा माओवादीले उठाएको सवाल्को मुल प्रभाहको नेतृत्व गरिरहेको बताउने विप्लव नेतृत्वको पार्टीको वम बिस्फोटमा परी उनको निधन भयो। विप्लव समूहले गत फागुन ११ गते ललितपुरको नक्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउँदा सिंहबहादुर गुरुङको मृत्यु भयो। यद्यपि उक्त बिस्फोट कुनै ब्यक्ति लक्ष्यित नभएको नेकपाले जनाइसकेको छ ।

नक्खु विष्फोट लगतै नेपाली राजनीतिमा केही घटनाहरु घटेका छन जसले थप संकट गरिरिदै गएको देखिन्छ ।

मृत्यु ५

निर्मला बलात्कार

बिदा हुदै गरेको २०७५ सालभरि सर्वाधिक चर्चामा रहेको घटना हो – निर्मला पन्तको बलात्कार र हत्या। कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक विद्यालयमा कक्षा ९ मा पढ्ने १४ वर्षीया निर्मलाको सामुहिक बलात्कारपछि हत्या गरिएको थियो। उनको शव गत असार ३२ गते उखुबारीमा भेटिएको थियो। निर्मलाको बलात्कार र हत्या कसले गर्‍यो भन्ने स्पष्ट भइसकेको छैन। प्रहरीले धेरैलाई समातेको छ, तर प्रमाणको अभावमा छाड्नु परेको छ।

बलत्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त

निर्मला पन्त बलात्कार र हत्या प्रकरणले सारा नेपालीलाई लज्जित बनाएको छ र एउटा प्रश्न पैदा गरेको छ – एक नाबालिकामाथि यस्तो निर्मम हर्कत गर्न कसरी सकिन्छ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार