अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष तथा कालिका मानबज्ञान का प्रधानाध्यापक घनश्याम पाठकलाइ रास्ट्रपतिले राष्ट्रिय संमान गर्नु भएको छ । विप्लव नेतृत्वको नेकपा निकट मानिने शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रहेका पाठक श्री जनशेबा श्री पदक द्बारा बिभुषित भएकाछन ।
बुटवलस्थित कालिका मानव ज्ञान माविका प्रधानाध्यापक पाठकलाई बिप्लवको शिक्षक संगठनको केन्द्रीय अध्यक्ष भएकै आधारमा छुटाउने कोशिश भएता पनि राष्ट्रपति कार्यालयले आदर्शकै आधातमा बिभुषणबाट बञ्चित गर्न नहुने निश्कर्षसहित राष्टपति कार्यालयले बिभुषित गर्ने निर्णय लिएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार सरकारले प्रतिवन्धित पार्टीको शिक्षक संगठनको नेतासमेत रहेका जानकारी गराएपछि शितलनिवासले बिचारधारका आधारमा राम्रो काम गर्नेलाई काखा र पाखाको नीति लिन नहुने सुझाव दिएको थियो ।
यधपी सोहि संगठन अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव रमेश रुपाखेतीले आफ्नो संगठन कुनै दल बिशेष सग सम्बन्धित नभएको भन्दै बिशुद्ध पेसागत संगठन रहेको हामी सगको कुराकानीमा बताएकाछन । रुखाखेतीले आफुहरुमाथी दमन गराउने उद्देश्यले बिभिन्न माध्यमले आफुहरु माथी षडयन्त्र भएको बताएकाछन । उनको भनाइ अनुसार अखिल नेपाल शिक्षक संगठन ट्रेडयुनियन एन अन्तर गत श्रमबिभागमा दर्तावाला संगठन हो। 

पाठकले नेतृत्व गरेको कालिका मानव ज्ञान मावि बिगत चार बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने बिद्यालयको रुपमा स्थापित छ । सो बिद्यालय सामुदायिकमा नेपालकै सवैभन्दा बढी बिद्यार्थी अध्ययन गराउने बिद्यालयको रुपमा पनि स्थापित रहेको छ ।
सो बिद्यालयमा हाल ५ हजार ५ सय २९ बिद्यार्थी अध्ययनरत छन भने २०७१ सालदेखि हरेक परीक्षामा मुलुकमा लगातार पहिलो स्थान हासिल गर्ने बिद्यालयको रुपमा स्थापित भएको छ । पाठक बिप्लव नेतृत्वको शिक्षक संगठनको नेता भएपनि बिभुषित हुनुपर्ने निश्कर्षमा सरकार र शितलनिवास यही आधारमा पुगेको हो ।
