logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रपतिद्वारा लाइसेन्स फेल चिकित्सक विभूषित


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

पोखरा- नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको समाचार आजको नागरिक दैनिकमा छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो ।

मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा.लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ ।

बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण भएपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको। ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार