राजनीति
चर्चित पत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज एउटा स्टाट्स अप्लोड गरेकाछन । उनले आफ्नो छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्व विद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’ को चुनाव जितेको मा खुशी व्यक्त गर्दै आफ्नो अघिल्लो चुनावी परिणामलाइ स्मरण गरेकाछन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै छोराले विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’ को नेतृत्व गर्ने जानकारी गराएका छन् ।
रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् : ‘मैले चुनाव हारेंको थिएँ। मेरो छोराले जितेछ ।’ Forbes Magazine का अनुसार Bowdoin अमेरिकाको तेस्रो उत्कृष्ट Liberal Arts कलेज हो । A Levels को परीक्षामा उत्कृष्ट (एउटा विषयमा विश्वमैँ उत्कृष्ट) नतिजा लेराएपछि उसले Bowdoin College मा राम्रो छात्रवृत्ति पाएको थियो ।
Bowdoin जस्ता कलेजहरूमा पनि लगभग हाम्रा विद्यार्थी युनियन जस्तै संस्थाहरू हुन्छन् । तर ती पूर्णत गैर राजनीतिक हुन्छन् र तिनले वास्तवमैँ विद्यार्थी र कलेजको हितमा काम गर्नुपर्छ । त्यसको अध्यक्ष हुनका लागि प्रतिश्पर्धीहरूले अन्य क्षमता प्रदर्शन गर्नुको साथमा अमेरिकी राष्ट्रपतिय शैलीको सार्वजनिक बहसमा भाग लिएर कलेजका विद्यार्थीहरुलाई प्रभावित पार्नु पर्छ ।
छोराले सो चुनाव जितेछ । आज विहानै फोन गरेर उसले भन्यो, ‘बाबा, मैले चुनाव जितें ।’ उसले अब एक वर्षका लागि Bowdoin Student Government Council नेतृत्व गर्नेछ । मेरा छोरा जस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन् । यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल फर्किँदैनन् ।
नेपालमा त्यस्तै दशौँ हजार क्षमतावान विद्यार्थी छन् र यो देश बनेन भने तीमध्ये अधिकांश नेपाल छोडेर जान्छन् । दक्ष जनशक्तिलाई नेपालमा बस्ने वातावरण नै नबनाई देश कसरी बनाउने ? मेरो छोराका उमेरका दशौँ लाखौँ युवाहरूलाई नेपाल फर्किने र नेपालमैं बस्ने वातावरण सृजना गर्न लागि परेको छु । नयाँ वर्षले सोही दृढतामा थप शक्ति प्रदान गरोस् ! छोरालाई धेरैधेरै बधाई र शुभकामना !
तस्वीर रबिन्द्र मिश्रको वाल बाट