श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख ३ गते मंगलबार इश्वी सन् २०१९ अप्रिल १६ तारीख चैत्र शुक्ल पक्ष द्वादशी तिथी पूर्वाफाल्गुनि नक्षत्र वृद्धी योग बव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्रुम योग सुर्य उत्तरायण वसन्त ऋतु वैष्णवहरुको कामदा एकादशीव्रतर भ।पु।मा ब्रह्माणी यात्रा
मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जन पुर्ण कार्यमा समय ब्यतित रहला । अध्यन अध्यापनका क्षेत्रबाँट आम्दानि सबल बन्नेछ । आफुभन्दा सानाका सहयोगमा अधुरा कार्यहरु सम्पादन हुनेछन । नयाँकार्य प्रारम्भ हुने योग रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भौतिक शुख सुबिधाका साधनको अवसर जुट्नेछ । खुशिको खवर श्रवणले मन प्रशन्न रहला । मान्यजनहरुको साथ सहयोगमा कमि भएको महसुस हुनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । ब्यपार ब्यवसायमा दिन मध्यम रहनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मित्रजनहरुको साथ सहयोग द्वारा नयाँ कार्यहरु प्रारम्भ हुने योग रहेकोछ । आटँ शाहसमा बृद्धि हुने समय रहेकोछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त हुनेछन । पारिवारिक साथ सहयोग प्राप्त हुनेछन ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जग्गा जमिन खरिद बिक्रीको योग रहेकोछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा सरीकहुने अवसर प्राप्त हुनेछ । मनमा कुबिचारले बास गर्नाले सामान्य बादबिवादको योग बन्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा रुचिजाग्नेछ । रोकिएर रहेको कार्य सम्पादन गर्न उत्तम समय रहेकोछ । मान सम्मान प्राप्तीको योग बन्नेछ । ब्यापार ब्यवसाका क्षेत्रमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्चकारक दिन रहेकोले सामान्य आर्थिक अभाबको सामना गर्नुपर्नेछ । बिश्वासिला ब्यक्तिहरुबाँट धोका हुन सक्नेछ । स्थान्तरणको योग रहेकोछ । शत्रुहरु सवल रहनाले कार्य सम्पादनमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । नयाँ मित्र प्राप्तीको सम्भाबना रहेकोछ । आय आर्जनका निम्ती सामान्य यात्रा रहन सक्नेछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगले कला कौशलका क्षेत्रमा अब्बल स्थान प्राप्त रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक कार्यमा जुट्ने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक तथा मान सम्मान प्राप्तीको योग रहनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अधुरा कार्यहरु सुचारु गर्न उत्तम समय रहेकोछ । पुराना लगानी उठ्ने सम्भाबना रहेकोछ । हराएका माल सामान फेला पर्नाले मन हर्षित रहनेछ । मित्रजनहरुको भरपर्नाले कार्य क्षेत्रमा भने सामान्य अपजस खेप्नु पर्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य चोट पटकको सम्भाबना रहेकोछ । मान्यजनहरुको स्वास्थमा देखिएको समस्या जटिल बन्न सक्नेछ । खानपानमा बिशेष ध्यान पूर्याउनु होला । स्थान परिवर्तनको योग रहेकोछ । सामान्य बादबिवादमा फसिएला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
जिवन साथीको साथ सहयोगमा कामकाज सहज बन्नेछन । बिलासिताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायमा प्रशस्त लाभ प्राप्त रहनेछ । आँट शाहसमा बृद्धिहुनाले अधुरा कार्य सम्पादित रहनेछन ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परोपकार तथा सामाजिक कार्यमा समय ब्यतित रहनेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले अरुलाई थाहा नहुने गरी कार्य सम्पादन गर्नु उत्तम रहनेछ । यात्रामा सजग रहनु होला ।