logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई बुद्ध एयर विमानले किन छोडेर गए


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

बुटवल- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको थियो ।

मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो । मलाई छाडेर गयो । नयाँ वर्षको अवसरमा अरू केही नभनौं । शुभकामना छ ।’ जहाजले छोडेपछि उनी सोमवार बुटवल बस्न बाध्य भए ।

उनले थपे, ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दु:ख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । उनले भने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार