logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा लगाएत छिमेकी जिल्लामा भुकम्पको धक्का महसुस


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

पोखरा -गोरखाको भीमसेन थापा गाउँपालिकाकाे बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो १२ बजेर ३६ मिनेट जाँदा ४।५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

४ वर्षअघि बैखाश १२ मा गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७।८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् ।

पोखरा लेकसाइडमा युवती करणी गर्ने तनँहुका ४ जना पक्राउ

पोखरा- युवती करणी गर्ने ४ जना पक्राउ परेका छन् ।हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने धादिङकी २२ बर्षीया युवतीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा सोमबार बिहान उनीहरु पक्राउ परेका हुन् ।

करणी आरोपमा तनहुँका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली पक्राउ परेका हुन् । उनीहरुले लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई सोमबार राति करणी गरेको प्रहरीले जनाएको छ ।

कतारमा रहेका लमजुङका एक नेपालीको युवा सुतेकै अवस्थामा मृत्यु

कतार- कतारमा बैदेशिक रोजगारीको सिलसिलामा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो ।

राति सुतिरहेका दवाडीलाई छटपटाइरहेको देखेपछि साथीहरुले उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

दवाडी पछिल्लो समय ३ महिनाअघि बुवा गिरीधारी दवाडीको निधनपछि घर आएर फर्केका थिए। आमा–बाबुको ३ महिनाको अन्तरमा निधन भएको थियो ।

मृतक दवाडीको श्रीमती, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन्। उनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार