logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका महासचिव बिष्णु पाैड्याललाई निलम्बन गर्न माग


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

सत्ताढ दल नेकपा का महासचिव बिष्णुु पाैड्याल बालुवाटार स्थित   ललीता निवास रहेको सरकारी जग्गा व्यक्तिका नाममा पास गरेको प्रकरणमा मुछिएका महासचिव विष्णु पौडेललाई निलम्बन गर्न माग उठेको छ।

नेकपा केन्द्रीय सदस्य मेटमणि चौधरीले छानबिनमा सहयोग गर्न पौडेल स्वयंले राजीनामा दिनु बुद्धिमानी हुने बताए । तर, पौडेल आफैंले नैतिक रुपमा राजीनामा नदिए पार्टीले निलम्बन गर्नुपर्ने उल्लेख गरे । ‘सरकारी जग्गा व्यक्तिका नाममा पास गर्ने व्यक्ति पार्टीको नेता रहन सक्दैन’, चौधरीले भने, ‘बुद्धिमानीपूर्वक राजीनामा नदिए छानबिनका लागि विष्णु पौडेललाई निलम्बन गर्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ललिता निवास प्रकरणमा दोषी देखिए पौडेलमाथि कारबाही हुनुपर्ने बताए ।

सरकारी जमिन व्यक्तिका नाममा ल्याउनेमाथि कारबाही गरी सत्य तथ्य छानिनि गरी त्यस सम्बन्धमा जनता र पार्टी पंक्तिलाई अवगत गराउनुपर्ने उनको भनाइ छ । ‘भएको के हो पार्टीपंक्ति र जनताले जानकारी पाउन जरुरी छ’, गैरेले भने, ‘जो दोषी छ, उसमाथि कारबाही हुनुपर्छ ।’ चौधरी र गैरै दुवैले पार्टी केन्द्रीय समिति बैठकमा सरकारी जमिन व्यक्तिका नाममा ल्याइएको प्रकरणमा छलफल हुने बताए ।

यद्यपि पौडेलले भने आफूले राजश्व तिरेर उक्त जग्गा खरिद गरेको प्रष्टीकरण दिएका पनि अहिले चाैतर्फि उनकाे आलोचना भइरहेकाे छ भने महासचिव पाैड्यालकाे बचाउ गर्दै केहिदिन अघि सन्चारमन्त्री गाेकुल बास्काेटाले बिष्णु पाैड्याल लाई ठग्नेलाई क्षतिपूर्ति दिलाउने अभिब्यक्ति दिएका थिए । त्यसलगत्तै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस काे भातृसंगठन तरुण दलले बिष्णु पाैड्याललाइ क्षतिपूर्ति स्वरुप राहात सहयाेग संकलन गरि ब्याग्यात्मक बिराेध गरेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार