गत फागुन १० गते एक जनाको ज्यान जानेगरी एनसेल केन्द्रीय कार्यालय नक्खुमा भएको बम विस्फोट घटनामा संलग्न भएको आराेपमा जुम्लाका वीर बहादुर कठायत थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज रबिकिरण, वीरबहादुर कठायत र अर्का एक चन्द्रबहादुर तिरुवा रहेका छन् । दुवैलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
दुवै नख्खुमा बम राख्न जानेहरु रहेको प्रहरीले दावी गरेपनि उनिहरु जुम्लाबाट घरायसी कामकाे सिलसिलामा केहिदिन अघि मात्र काठमाडौ झरेका पारिवारिक स्राेतले बताएकाे छ । स्रोतका अनुसार उनिहरुले ललितपुर त नचिन्ने मान्छे हुन , घरको कामले काठमाडौ गएको जानकारी दिएका छन । दाेषि पत्ता लगाउन भन्दै अनुसन्धान गरेकाे प्रहरीले केहिदिन अघि चैत्र १३ गते नेकपाका स्थायी सदस्य एव मध्यकमाण्ड इन्चार्ज सुदर्शन लगायत ८ जतालाई काभ्रेबाट गिरफ्तार गरेकाे थियाे ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट गराएको थियो । घटनामा सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए ।
यसअघि प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखाको टोलीले घटनाका मुख्य योजनाकर भन्दै युवानेता सूर्य भुजेललाई २०७५ फागुन १४ मा पक्राउ गरेको थियो ।
यता विभिन्न संन्चारमाध्याम मा उनी विप्लव निकट नेकपा जुल्लाकाे सेक्रेटरी भएकाे र नख्खुकाे बिस्पाेटकाे मुख्य याेजनाकार भएको भनी भ्रामक समाचार हरु आएको प्रती नेकपा स्रोतले उक्त कुरा सत्य नभएको बताएको छ ।