logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओवादी मन्त्रीहरु राजीनामा दिने तयारीमा


  • राजनीति
  • शनिबार, असोज २८ २०७४

मुलुकको राजनीति छिन छिनमा भएको परिवर्तन संगै प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापासहितलाई मन्त्री बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामाको तयारी गरेका छन् ।

प्रधानमन्त्रीले माओवादी मन्त्रीहरूलाई सरकार छाड्न शुक्रबार दिउँसो चेतावनी दिएका थिए । देउवाको चेतावनीलाई बेवास्ता गरेका माओवादी मन्त्रीहरू बर्खास्तमा पर्ने डरले राजीनामा गर्ने मुडमा रहेको स्रोतको जानकारी छ ।

शनिबार नयाँ मन्त्रीहरू थपे पछि  माओवादी मन्त्री र नेताहरूको आकस्मिक बैठक समेत बसेको छ । बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको उच्च स्रोतको भनाइ छ ।

राजीनामा नदिए देउवाले शनिबार बिहानै माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने छन् । बर्खास्तमा पर्ने डरले माओवादी मन्त्रीहरू त्रसित भएको बुझिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार