logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेवि संघले लगाए पोखरा विश्वविद्यालयको क्याम्पसमा ताला


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

पोखरा- नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालय अन्तर्गत काठमाडौंमा रहेका क्याम्पसमा तालाबन्दी गरेका छन । पोखरा विश्वविद्यालयले विद्यार्थीको भविष्य अन्यौल गर्ने गरी परीक्षा तालिका प्रकाशन गरेको भन्दै नेवि संघले ताला लगाएको हो।

विश्वबिधालयले व्यवस्थापन संकायका ३ सय ९१ जना विद्यार्थीको समस्यालाई समाधान नगरी परीक्षा तालिका निकालेको भन्दै नेविसंघले मंगलबार क्याम्पसहरूमा तालाबन्दी गर्नु परेको बताएका छन।

नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिका सचिव चेतराज कँडेलले विज्ञप्तिमार्फत् समस्या समाधानका लागि अल्टिमेटम दिएको भए पनि विश्वविद्यालय, क्याम्पस प्रशासनले आलटाल गरेकोले ताला लगाउनुपरेको जनाएका छन्।

नियमविपरीत विद्यार्थी भर्ना तथा क्याम्पस सञ्चालनको न्यूनतम मान्यतासमेत कायम गर्न नसक्ने क्याम्पसलाई कडा कारबाही र पीडित विद्यार्थीलाई उचित न्याय नहुञ्जेल ताला नखोल्ने नेविसंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार