राजनीति
इंगलिश क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोना ३–० गोल अन्तरले विजयी हुदै प्रबेश गरेको हो ।बार्सिलोनाको जितमा मेस्सीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे । मेस्सीले १६ औं मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए ।त्सको चार मिनेटमै मेस्सीले अर्को गोल थपेर अग्रता दोब्बर पारे । कौटिन्होले ६१ औं मिनेटमा गोल गर्दै टोलीको जित निकाले ।पहिलो लेगको खेलमा बार्सिलोना १–० ले अघि थियो । बार्सा समग्रमा ४–० को नतिजा सहित अन्तिम ४ मा प्रवेश गरेको हो ।युनाइटेड भने निरीह सावित भएको छ । च्याम्पियन्स लिग बिजेता खेलाडी सोल्ससारको बार्सिलोनासंग परिक्षा बार्सिलोनाले सेमिफाइनलमा लिभरपुल र एफसी पोर्टोबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल र पोर्टो बुधबार राति भिड्ने छन् ।