logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

च्याम्पियन्स लिग: आयाक्स सेमिफाईनलमा,रोनाल्डोको युभेन्ट्स बाहिरियो


  • एजेन्सी
  • बुधबार, बैशाख ४ २०७६

पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोको ब्यवसायिक क्लब इटालियन क्लब युभेन्ट्स डच क्लब आयाक्ससंग पराजित हुँदै च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलबाटै बाहिरिएको छ ।युभेन्ट्स डच क्लब आयाक्ससंग पराजित हुँदै क्वार्टरफाईनलबाटै बाहिरिएको हो ।घरेलु एलियान्ज स्टेडियममा खेलेको युभेन्ट्सले आयाक्ससंग २–१ गोल अन्तरले घुँडा टेकेपछि समग्रमा आयाक्स ३–२ को नतिजा सहित सेमिफाईनल यात्रा तय गरेको हो ।

खेलमा रोनाल्डोले कर्नर बलमा गोल गर्दै घरेलु टोली युभेन्ट्सले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो ।३४ औं मिनेटमा भान डि विकले गोल गर्दै आयाक्सका लागि बराबरी गोल फर्काए ।तर युवा कप्तान डि लिग्टले ६७ औं मिनेटमा गोल गर्दै पाँच पटकका च्याम्पियन रोनाल्डोको टिमलाई क्वार्टरफाईनलमै रोके ।निकै अताल्लिएका देखिएका रोनाल्डोले खेलको अन्त्यमा पहेंलो कार्ड खान पुगेका थिए ।आयाक्सले अब फाईनल प्रवेशका लागि सेमिफाइनलमा बुधबार राति दुई इंगलिश क्लबहरु म्यानचेष्ट सिटी र टोटेनह्याम हट्सपरबीचको विजेतासंग खेल्नेछ ।

युभेन्ट्स र रोनाल्डो

रोनाल्डोले आफ्नो करियरमा क्बललाई पाँच पटक च्याम्पियन्स लिग जिताएका छन् । यसपटक मात्रै स्पेनिश क्लब रियाल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डोले युभेन्ट्सलाई भने सेमिफाइनलमा पुर्याउन सकेनन् ।चार वर्षमा युभेन्ट्स पहिलो पटक सेमिफाइनल नपुगी बाहिरिनु परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार