logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटारमा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपाली पार्टीका १७ जना पक्राउ


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

पोखरा- सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपालीका १७ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।बालुवाटारस्थित भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपालीका १७ नेता कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको हो।

प्रधानमन्त्री कार्यालय परिसर निषेधित क्षेत्र भएको भन्दै उज्जवल थापासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। मल्पी इन्टरनेशनल स्कूल अगाडिबाट अघि बढ्ने क्रममा प्रहरीले जर्बजस्ती पक्राउ गरी भेनमा हालेर पानीपोखरीस्थित प्रहरी बिटमा राखिएको छ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा भूमाफिया र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको छ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भएको छ। १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिका नाममा पुगेको छ। सरकारी जग्गा हत्याउने यो प्रकरणमा भूमाफियाको संरक्षकमा सत्तारुढ नेकपाका नेता, अख्तियारका पूर्व आयुक्त तथा पूर्व सचिवहरूको संलग्नता देखिएको छ।

विवेकशी नेपालीले भूमाफियाविरूद्ध कारवाही माग गर्दै गैरकानुनी रूपमा माफियाको कब्जामा पुगेको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्ने कार्यक्रम राखेको थियो।

पक्राउ पर्नेहरु
उज्जवल थापा, मिलन पाण्डे, शशिविक्रम कार्की, अमृत विष्ट, रमेश सिलवाल, रामजी पन्त, पुरुषोत्तम ढुंगेल छन्। यसैगरी शिव सत्यम, दयराम सापकोटा, विमल तामाङ, प्रमेश श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ अन्यमा छिरिङ तामाङ, रितेश यादव, सुन्दर न्यौपाने र प्रदीप ज्ञवाली छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार