राजनीति
पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका पुर्व कार्यालय सद्स्य लोकेन्द्र बिष्ट्ले माओवादी केन्द्रमा ‘कालो धन’को खेती गर्नेहरू धेरै भएको बताएकाछन । एक अनलाइनको अन्तर्वार्तामा उनले भने म कालो धानको खेती गर्छु । कालो धनको खेती गर्नेहरूले कालो धानको खेतीलाई कालो धनको खेती पनि भने खिसिट्युरी गरे ।
माओवादी केन्द्रमा दिमागी गरिबहरुको केन्दृकरण भएको बताएकाछन उनि थप्छन तिमी गरिब नहोऊ, तिमीहरू माओवादी नेता कार्यकर्ता भएपनि अलिकति श्रम गर । दुःख गर । दुनियाँको अबगालबाट बँच । स्वावलम्बी बन । आफ्नो खुट्टामा उभिऊ ।’
यही कुरा हाम्रो नेतृत्व पंक्तिले दिनसक्यो भने पछिको कार्यकर्ताले पनि राम्रो गर्थे । प्रचण्डले नराम्रो काम गर्नुभयो त म भन्दिनँ । कमसकेम प्रचण्ड र उहाँको वरिपरि भएका हामीले श्रमसँग जोडिनुपर्छ । प्रचण्डले श्रम गर्नुभएन भन्ने होइन ।
बेस्सरी खट्नुभएको छ । तर, श्रम उत्पादनसँग जोडिने भनेको जनतासँग जोडिने हो । उहाँ जनतासँग हुनुहुन्छ तर, माथिल्लो तहमा मात्रै । उहाँसँग बीचमा जोड्ने कडी टुटेको छ । ‘क्रिमी’ तह बीचमा बसेर माथि र तल दुवैतिर शोषण गरिरहेको छ । त्यो तहले माथि नेताहरूबाट मागेर खान्छ तल कार्यकर्ताबाट पनि मागेरै खान्छ । क्रिमी ‘लियर’ हटाउनुपर्छ ।
लोकेन्द्र बिष्ट्ले माके प्रती आफ्नो असहमति जनाउदै केहि दिन पहिले माके पार्टी परित्याग गरेका हुन ।
दियोपोष्ट बाट