राजनीति
पोखरा-कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै
साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरुले धर्ना दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पत्रकार महासंघ कास्कीको अगुवाईमा एक एक घण्टा धर्ना दिएका हुन । पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गर्दै देशभरका पत्रकारहरु आन्दोलित भएका छन् ।
धर्ना पछिको कोण सभामा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुन पौडेल, कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले गिरीलाई विना शर्त रिहाइ गर्न, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नमा माग गरे ।
बुधबार पोखराबाट प्रकाशित हुने सबै पत्रिकाहरुमा सम्पादकीय कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राखेर विरोध गरेका थिए । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।