logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ न्युज:”चौधरी ग्रुपको उधोगमा शक्तिशाली बम विष्फोट”थप जानकारी आउन बाकीँ


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

पोखरा- विप्लव नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पुर्व सन्ध्यामा अज्ञात समुहद्वारा बम विष्फोट गराएका छन।

नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी ग्रुपले सञ्चालन गरेको चौधरी उधोग (CG) कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट गराएको हो। विष्फोटबाट के कती क्षती भएको भन्ने बारे बिस्तृत समाचार आउन वॉकी रहेको छ।

विप्लवले निकाले बन्दको अपिल : बालुवाटार समेत बेचेर खानेको प्रतिरोध गरौं !

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले गत चैत्र २५ गते विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिएका हुन् ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले वैशाख ५ गते बिहीबार को बन्दको लागी अपिल प्रकाशित गरेको छ । नेकपाको केन्द्रिय कार्यालयले जारी गरेको अपिलमा बन्द गर्नु पर्ने कारणका बारेमा फेहरिस्त प्रस्तुत गरेकाछन ।

उक्त पार्टीले देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गरेको छ । नेकपाको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ, ‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार