राजनीति
पोखरा- प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ ।बुधवार संसदीय विशेष समितिमा उपस्थित भएका थपलियाले आफू प्रमुख निर्वाचन आयुक्त भएदेखि ३ महिनाभित्र उपचुनाव गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुनुवाई समितिको विश्वास र गरिमामाथि आँच नआउने गरी काम गर्ने थपलियाले बताएका छन् ।
बुधवारकै संसदीय सुनुवाई विशेष समितिले समावेशी आयोगको प्रमुखमा विष्णुमाया ओझालाई अनुमोदन गरेको छ ।