राजनीति
सत्तामा रहेको नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । औपचारिक निर्णय सार्वजनकि भने गरिसकेकाे छैन् ।
निर्णय गर्न माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्ने तयारी छ। मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् । माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा अाज वा भाेलि बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।
माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ । निर्वाचन सार्दा वाम गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीको कम प्राथमिकतामा परेको
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा रहेका सरकार ढाल्न नखोजेको स्पष्ट पारेका थिए । अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता र चुनावी तालेमेलको निर्णय सरकार ढाल्नका लागि नभएको बताए ।
“हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो हाम्रो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन ।” उनले भने, “हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौं । हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।”
पशेरबहादुर देउवाले सरकार बिस्तार गरेपछि राप्रपा अध्यक्ष अध्यक्ष कमल थापा, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा सरकारमा सहभागि हुन लागेका हुन्। प्रधानमन्त्री कार्यालयले चार जनाको नाम शुक्रबार दिउँसो राष्टपति कार्यालयमा पठाइसकेको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ। शनिबार सपथ ग्रहण हुनेछ। उनीहरुलार्इ विना विभागीय मन्त्रीको जिम्मेवारी दिइनेछ। थापालार्इ उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।