राजनीति
सरकारी दमन र अाफ्ना नेता कार्यकर्ताकाे गैरन्यायिक गिरफ्तारीकाे विराेधमा विप्लव नेतृत्वकाे नेकपाले अायाेजना गरेकाे नेपाल बन्दकाे बिहानै पाेखराकाे जिराेकिमीमा टेपले बेरिएकाे अवस्थामा शंकास्पद बस्तु फेला परेको छ ।अहिले नेपाल प्रहरीले बाट घेरेर सुरक्षा दिईरहेको छ। प्राप्त सुचना अनुसार नेपाली सेनाको डिस्पोजल टोली लाई खवर गरिएको कास्की प्रहरीले जनाएको छ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य सुदर्शन, पालिटब्यूरो सदस्य जिवन्त, केन्द्रीय सदस्यहरु वसन्त , बन्धु, लगायत ३०० भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर हिरासतमा राख्दै आएको नेकपाले जनाएको छ ।
तस्विर पत्रकार ओम हमालको फेसबुकबाट
काठमाडौंमा सरकारको घेरा तोड्दै विप्लव नेकपाको मसाल जुलुस (भिडियो सहित)
सरकारले प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विहीबारको नेपाल बन्द कार्यक्रम सफल पार्नका लागि बुधबार मसाल जुलुश निकालेको छ । राजधानीको विभिन्न ठाउमा अखिल क्रान्तिकारी क्याम्पस जिल्ला , अखिल क्रान्तिकारी काठमाडौ जिल्लाले अहिले साझ मसाल जुलुस निकालेकाहुन । मुलुकको राजधानी मा नै सरकारलाइ चुनौती दिदै नेकपाले प्रदर्सन गरेको हो ।
सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि चौतर्फी विरोध हुँदै आएको छ । सरकारले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आराधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्द लगाउने निर्णय गरेको थियो । त्यसपछी नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमान्ड इन्चार्ज सहित झन्डै ३०० नेता कार्यकर्ता गिरफ्तार गरेको छ । सोहि गिरफ्तारीको बिरोधमा नेकपाले भोलीको बन्द आयोजना गरेको बताएको छ ।
भोली बैशाख ५ गतेको बन्द लाइ सफल बनाउन जनतालाइ आव्हान गर्दै काठमाडौमा मसाल जुलुस निकालिएको अखिल क्रान्तिकारीका क्याम्पस जिल्लाका अध्यक्ष उषाकिरणले जानकारी दिएकाछन । उनले सबै शैक्षिक सघ सस्थाहरु बन्द गरेर न्यायपुर्ण समाज निर्माण गर्ने अभियानमा सहयोगी बन्न अपिल समेत गरेका छन ।
उता क्रान्तिकारीका काठमाडौ जिल्लाका अध्यक्ष दर्शन कुमार नेपाली पनि दलाल विरुद्धको बन्दको संदेश प्रबाह गर्न मसाल जुलुस निकालिएको बताउदै सबै क्षेत्र बाट बन्दलाइ सघाउन आग्रह गरेका छन ।