logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कैलाली,काभ्रे,कोहलपुर र अर्घाखाँचीमा बम भेटियो, सेना र प्रहरीद्वारा निष्कृय


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

टीकापुर – कैलालीको लम्की चुहा नगरपालिका वडा न १ स्थित लम्की बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ। बसपार्कमा रहेको कर्णाली यातायातको टिकट बुकिङ काउन्टरभित्र शंकास्पद वस्तु फेला परेको हो। रातो कपडाले बेरेको शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रहरीको टोली घटना स्थलमा पुगेको छ। शंस्कापद वस्तु निष्कृय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको दिन बिहानै काभ्रेको पनौती नगरपालिका ७ मा शंकास्पद वस्तु भेटिएको छ।

पनौती मल्पी खोपासी जाने चोकमा दुईवटा बोराभित्र खतरा लेखी राखिएको शंकास्पद वस्तुलाई नेपाली सेना र नेपाल प्रहरीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बस्ती नजिक व्यस्त सडमा खतरा लेखी बोरामा तार बेरी राखिएको अवस्थाको शंकास्पद वस्तुलाई निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए। उनका अनुसार बोरामा बियरको सिसिलाई बोरा र तारले बेरेर त्रास फैलाउन नक्कली बम राखेको बताए।

जिल्लामा बन्दको कुनै प्रभाव नरहेको डिएसपी गिरिले जानकारी दिए पनि बम भेटिएपछि स्थानीय र यात्रु त्रसित भएका छन्। डिएसपी गिरिका अनुसार अरनिको र विपि राजमार्गमा यातायता सहज रुपमा सञ्चालन हुनुका साथै जिल्लाको मुख्य शहर बनेपा, धुलिखेल, पनौती, पाचँखाल र भकुण्डे बजारका पसलहरु खुल्ला रहेका छन्।

कोहलपुर, अर्घाखाँचीमा शंकास्पद वस्तु फेला

कोहलपुर, अर्घाखाँची र बागलुङमा शंकास्पद वस्तु फेला परेका छन्। कोहलपुर बसपार्कदेखि पश्चिममा कृषि बजारको नजिकै राजमार्गको बीच भागमा प्रेसरकुकर राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले आतंकित पार्ने उद्देश्यले कसैले राखेको हुन सक्ने बताए। बिहान पौने सात बजेतिर प्रहरीले बाँसको डण्डाको सहायताले फालेर बाटो खोलेको एसपी पौडेलले जानकारी दिए।

शंकास्पद बस्तु बम भए नभएको छुट्याउन नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको प्रहरीले जनाएको छ। बम कसले कुन उद्देश्यले राखेको हो भन्ने एकिन भइसकेको छैन

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार