logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

महोत्सवमा मुख्यमन्त्री भट्ट बसेको स्टेज एकाएक भाचिएपछी……


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाँउपालिकाको आयोजनामा बुधबार प्रथम ऐतिहासिक अजयमेरु महोत्सव २०७६ को उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार महोत्सवको उद्घाटन गरेका हुन्।

प्रतिकूल मौसमका बीच मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरेका हुन्। महोत्सवको उद्घाटन पूर्व स्टेज भाँचिएपछि तीन जना महिला सामान्य घाइते भएका छन्। घाईते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त रहेका छन्। तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ।

मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको थियो। तर, मुख्यमन्त्रीलाई भने कुनै चोट नलागेको जनाइएको छ। स्टेज भाचिएपछि स्थानीय र प्रहरीले तत्कालै उद्धार गरेका थिए । ‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सवमार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार