राजनीति
आश तमु,पोखरा – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसका अध्यक्ष प्रकाश बास्तोला रिहा भएकाछन । एसईई परिक्षामा प्रदेश २ मा भएको अनिमितताको बिरोध कार्यक्रम गर्ने क्रममा गिरफ्तार गरेको थियो । सरकार गतिविधिको बिरोध गर्दै पृथ्वीनारायण क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा वास्तोला सहित तीन जना पक्राउ परेका थिए ।
क्रान्तिकारीले प्रदेश न २ मा भएको योजनाबद्द एसईई परीक्षा पत्रमा भएको अनियमिता अनि पोखरा विश्वविधालयमा भएको विधार्थी परिक्षार्थीको परीक्षा स्थगित लगाएत पार्टीलाई लगाएको प्रतिवन्दको विरुद्द प्रधानमन्त्रीको पुत्ला जलाएका थिए । उनिहरु गत चैत १८ गते क्याम्पस भित्र बाट नै गिरफ्तार भएका थिए सरकारले विप्लवका कोहि पनि व्यक्ति भेटे सिधै नियन्त्रणमा लिने निति अनुसार उनिहरुलाइ पनि धरपकड गरी गिरफ्तार गरेको थियो ।
सहिद पुत्र समेत रहेका बास्तोलाले ९ घन्टा अगाडी सामाजिक संजाल फेसबुकमा स्टाट्स राख्दै आफु रिहाइ भएको जानकारी दिएका छन भने सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ब्यक्त गरेकाछन ।