राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विधार्थी संगठन लम्जुङका अध्यक्ष सुनिल कुमाल रिहा भएका छन् । २५ दिनको हिरासत बसाइ पछि उनी हिजो रिहा भएकाछन ।
उनलाई गत चैत्र ११ गते लमजुङको बेसी शहरबाट प्रहरीले पक्राउ गरेकाे थियाे। विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाए सगै उसका भातृसंगठन सबै माथि प्रतिबन्ध लागेपछि सरकारले दमन धरपकड र गिरफ्तार गर्दै आएको छ। शुनिल कुमाल सहिद पुत्र हुन । उनि गिरफ्तार सगै सामाजिक संजालमा ब्यापक बिरोध भएको थियो ।