logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड सुकुटे गएको मौकामा”ओली-नेपाल बीच गोप्य वार्ता”यस्तो गरे सहमति


  • राजनीति
  • शुक्रबार, बैशाख ६ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ। ९ बैशाखमा टुङ्ग्याउने भनिएको सत्तारुढ नेकपाको एकतालाई अन्तिम रुप दिन दुई वेच भेट वार्ता भएको सोर्तले जनाएको छ।

पारिवारिक ‘रिफ्रेसमेन्ट’ का लागि हिजो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएको मौकामा शुक्रबार विहान र साँज्श प्रम ओली र नेता नेपालबीच वार्ता भएको हो।

स्रित अनुसार पूर्व एमालेभित्रका दुई गुटबीचको अन्तरद्वन्द्वका मुख्य कारण एकता टुङ्गिन नसकेको भन्दै ९ बैशाख अगावै विवाद मिलाउन ओली र नेपालले यो हप्ता एकता वार्तालाई सघन बनाएका हुन्।

स्थानीय तहमा निर्वाचितहरुलाई पनि नेतृत्वमा ल्याउन सकिने प्रचण्डको विकल्पमा पूर्व एमालेका दुबै नेता सहमत देखिएपछि त्यसैको वरपर रहेर एकता टुङ्ग्याउने प्रयास भइरहेको छ।

नेकपाले यसअघि आन्तरिक परिपत्र मार्फत् स्थानीय तहमा निर्वाचितहरुलाई पार्टीको नेतृत्व नदिने नीति लिएको थियो। तर, पार्टी एकतालाई सहज बनाउन त्यसलाई वास्ता नगर्ने निचोडमा दुबै नेता पुगेका छन्।

नेकपाका ७७ वटा जिल्ला कमिटीमध्ये पूर्व एमालेको भागमा ४५ र पूर्व माओवादी केन्द्रको भागमा ३२ जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष) छुट्ट्याइएको छ। अध्यक्ष नपाउने पक्षले सचिवको जिम्मेवारी पाउनेछ।

दोहोरो जिम्मेवारी सम्बन्धी नीति हटाइँदा एमालेको भागमा परेको ४५ मध्ये ओली–नेपालको भागमा करिव २०–२५ को दरले जिल्ला नेतृत्व वा सचिवको जिम्मेवारी पर्नेछ।

नेकपामा रहेका पूर्व एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायतसँग पनि यसअघि प्रम ओलीले यस्तै कुराकानी गरेका थिए। पूर्व एमालेको भागमा ७७ मध्ये परेको ४५ जिल्लाको नेतृत्व टुङ्ग्याउन ओलीले उपरोक्त नेताहरुसँग छलफल गरेका थिए।

एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको पनि एक बर्ष पुग्न लागिसकेको छ। तर नेताहरुले अहिलेसम्म एकतालाई पूर्णता दिन सकेका छैनन्। दुई पार्टीका विभाग, जनवर्गीय संगठन, आयोगहरुको एकताले पूर्णता पाउन सकेको छैन।

पूर्व एमाले र माओवादी केन्द्रबीच विभाग, जनवर्गीय संगठन, आयोगहरुको एकता गरिँदा नेतृत्व कसले पाउने भन्नेमा समस्या छ भने एमालेबीच जिल्ला कमिटीको नेतृत्वका लागि नै कुरा मिल्न सकेको छैन। र, एकताले पूर्णता नपाउनुको मूल कारण नै यही बनेको छ।

वामदेवले कुरा गर्नै नमानेपछि माधव नेपालसँगमात्रै ओलीको वार्ता!

माधव कुमार नेपाललाई एमालेले पाउने ४५ जिल्ला कमिटीको नेतृत्वमध्ये अधिकांसमा ओलीले आफू पक्षीलाई ल्याउन खोजे पछी अंतङ्कित छ। खासगरी लुम्बिनीमा ओली पक्षको पकड रहेकोले यसको अभ्यास गरिने संकेत पाएपछि नेपाल पक्ष झस्किन थाल्यो।

त्यसपछि जिल्ला नेतृत्वका लागि विधि र मापदण्ड निर्माण गरिनु पर्ने, अन्यथा आफूलाई स्वीकार्य नहुने नेपालले बताए। स्रोतका भनाईमा , नेपालले विना विधि–मापदण्ड विना नेतृत्व चयन नगरिए आफूले देशभरि समानान्तर जिल्ला कमिटी गठन गर्ने चेतावनी दिएका थिए।

त्यसपछि जिल्ला कमिटी गठनको तयारी रोकियो। २८ चैत्र (०७५) मा चन्द्रागिरि हिल्स रिसोर्टमा भएको ओली–प्रचण्डबीचको वार्तापछि मात्र ९ बैशाख (०७६) मा एकता टुङ्ग्याउने सहमति नेताद्वयबीच भयो।

गृहमन्त्री रामबहादुर थापा बादल) र नेकपा महासचिव विष्णु पौडेललाई सँगै राखेर चन्द्रागिरि हिल्समा भएको वार्तापछि ओलीले एकतालाई पूर्णता दिन पूर्व एमालेभित्र सहमति जुटाउन प्रयास गरे। त्यसैले क्रममा खनाल, गौतम, पोखरेलसँग उनले छलफल गरे।

तर, पछिल्लो समय नेता नेपाल सँगमात्रै ओलीले वार्ता केन्दिैत गरेका छन्। गौतमले अरुसँग छलफल गर्नुको औचित्य नरहेको बताउँदै नेता नेपालसँगको छलफलमा केन्द्रित गर्न ओलीलाई सुझाव दिएका थिए।

‘पार्टी (नेकपा) मा मुख्य रुपमा तीन गुट छन्, तपाईं (ओली) को, प्रचण्डको र माधव नेपालको। पूर्व एमालेमा त तपाईंको र माधवजीको मात्र गुट हो’ गौतमले ओलीलाई भनेका थिए, ‘एकतामा समस्या देखिएको पनि तपाईं र माधव नेपालबीच कुरा नमिलेर हो।’

यति भन्दै उनले खनाल, पोखरेल र आफूसँग कुराकानी गरेर कुनै फाइदा नहुने सुझावपनि ओलीलाई दिएका थिए। ‘हामीसँग कुरा गरेर कुनै फाइदा छैन’ गौतमको भनाई थियो, ‘माधवजीलाई कन्भिन्स गर्नुस्, उहाँ कन्भिन्स भएपछि कुरा मिलिहाल्छ।’

पछिल्लो समय पहिलेजस्तो सम्बन्ध ओली र गौतमबीचको हार्दिक छैन।ओलीले गौतमले गरेको सहयोग पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेपछि भुलेका छन् भने गौतमपनि ओलीसँग चिढिएका छन्। उनको हिमचिम प्रचण्ड र नेता नेपालसँग बढेको छ।

तर, गौतम आफूलाई लागेको कुरा प्रष्टसँग बोल्छन् र धेरै स्वार्थ राख्दैनन् भन्ने ओलीलाई राम्रैसँग थाहा छ। त्यसैले, गौतमले दिएको सुझावलाई ओलीले गम्भीरतापूर्वक लिएका छन्। र, उनकै सुझाव अनुसार नेपालसँगको छलफललाई तीब्रता दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार